सतासीधाम जेसीजद्रारा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

2020-06-16

“सुरक्षित रक्तदान गरौं, जीवन बचाऔं” मुल नाराका साथ १६६ औं विश्व रक्तदाता विश्व(१४ जुन २०२०) दिवसको अवसरमा सतासीधाम जेसीजको आयोजनामा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकालको प्रमुखको आतिथ्यमा सम्पन्न रक्तदान तथा सम्मान कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रबाट ६३ औं पटक रक्तदान गरी सबै भन्दा धेरै रक्तदान गर्ने छविलाल दवाडी र १४ पटक रक्तदान गरी शिवसताक्षी नगरपालिका क्षेत्रबाट महिलामा सबै भन्दा धेरै रक्तदान गर्ने जय कुमारी चेम्जोङ्गलाई रक्तदान मार्फत मानवीय सेवामा पुर्याएको योगदानको उच्च कदरसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको कार्यक्रममा १६ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।
धरमपृुर साकोस सहआयोजक तथा क्रियटिभ नेपाल इन्जिनियरिङ्ग कन्सल्टेन्सी, शिवसताक्षी–१ को सहकार्य र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोग सम्पन्न रक्तदान तथा सम्मान कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर उपप्रमुख भोजकुमारी नेपाल, शिवसताक्षी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कुल बहादुर बस्नेत, वडा नं. ८ का वडा अध्यक्ष केहर सिंह बस्नेत, वडा नं. १ का नगरसभा सदस्य मन बहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख तथा प्रहरी निरक्षक कोमल ठाकुर, शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ, नेपाल जेसीज, वर्ष २०२० का राष्ट्रिय जनसम्पर्क अधिकारी अजय देव, वर्ष २०२० का राष्ट्रिय गैसस÷अन्तराष्ट्रिय गैसस संयोजक महेन्द्र भट्टराई शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली, नेपाली काँग्रेस नगर सभापति पर्शुराम ढुङ्गाना, सतासीधाम सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नारायण प्रसाद बजगाई, जीवन चक्र सुधार समाज नेपालका संयोजक गेणश प्रसाद गौतम, सतासीधाम जेसीज वर्ष २०१५ का अध्यक्ष महेन्द्र थापा, सतासीधाम जेसीज वर्ष २०२० सल्लाहकार संयोजक पुष्पलाल पाण्डे, सदस्य गोविन्द काफ्ले, भिष्मराज तिम्सिना लगायतको उपस्थित रहेको थियो ।
शिवसताक्षी नगरपालिका वडा नं. ०१ स्थित धरमपुर चौकमा सम्पन्न रक्तदान तथा सम्मान कार्यक्रमको प्रमुख संयोजन तथा अध्यक्षता सतासीधाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु)ले गरेका थिए भने संचालन तथा सहजीकरण सतासीधाम जेसीज वर्ष २०२० का महासचिव जेसी विवेक ढकालले गरेको कार्यक्रमको विधागत कार्यक्रम संयोजन तथा सहजीकरण धरमपुर साकोसका अध्यक्ष दिप कुमार श्रेष्ठ, उपाध्यक्ष कुमार शंकर, व्यवस्थापक विनोद ढकाल, सतासीधाम जेसीज वर्ष २०२० का तालिम संयोजक जेसी अशोक बस्नेत, पर्यटन प्रवद्धन संयोजक जेसी जेसी पुष्प पौडेल, क्षमता विकास संयोजक जेसी पदम कुँवर, सामाजिक संजाला संयोजक जेसी विक्रम घिमिरे, प्रविधिक संयोजक जेसी सागर आङदेम्बे, वितीय संयोजक जेसी कुशल कटुवाल र शिक्षा संयोजक संजय बस्नेतले गरेका थिए ।

JCI News Archive