निरुपित राष्ट्रिय पदाधिकारीज्यूहरुल‌को शाखा भ्रमण एवं स्वागत कार्यक्रम सम्पन्न ‌‌

2020-06-18

मिती :२०७७/०३/०२ गते मंगलबार
        नेपाल जेसीजका चार क्षेत्र मध्ये क्षेत्र घ अन्तर्गत रहेको जेसीआई बुटवल लेडी शाखा भ्रमण को लागि पाल्नु भएका नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यू एवं नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यूलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
      जेसीआई बुटवल लेडी का उर्जाशील अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा भएको यो कार्यक्रममा जेसीआई बुटवल लेडीको मातृशाखा बुटवल जेसीजका अध्यक्ष जेसी राजीव गौतम ज्यू, जेसीआई बुटवल लेडी का धरोहर पूर्व अध्यक्ष ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरु, बोडका पदाधिकारी ज्यू हरु एवं सदस्यहरु को उपस्थिति रहेको थियो ।
    लकडाउनको कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले प्रत्यक्ष रुपमा भेटघाट हुन नपाए पनि भर्चुअल रुपमा हामीलाई अमूल्य समय दिइ हौसला प्रदान गर्नु भएको मा हाम्रा निरुपित राष्ट्रिय पदाधिकारी ज्यूहरु प्रति हार्दिक आभार सहित धन्यबाद प्रकट गर्दछौँ ।
महासचिव :जेसी अनुपमा श्रेष्ठ
    अध्यक्ष :जेसी कल्पना पाण्डे
                    एवं
  जेसीआई बुटवल लेडी परिवार ????????????????

JCI News Archive