बुटवल जेसीजमा Pre-Induction Training सम्पन्न

2020-06-21

बुटवल : बुटवल जेसीजले जेसीजको सदस्य बन्न इच्छुक युवाहरुलाई एक कार्यक्रमको आयोजना गरि प्रशिक्षण दिएको छ । कोरोनाको संक्रमणलाइ मध्य नजर गरी सामाजिक दुरी कायम राखेर प्रशिक्षण प्रदान गरिएको बुटवल जेसीजले जनाएको छ । बुटवल जेसीजको विधान अनुसार १ सय १ सदस्य संख्या कायम गर्नको लागि बुटवल जेसीजले प्रत्येक वर्ष सदस्यताको लागि आब्हान गर्दछ । यस वर्ष १२ जना सदस्य आश्यक रहेकोमा ३१ जना युवाहरुले आवेदन दिएका थिए ।

नयाँ सदस्य बन्न इच्छुक युवाहरुलाई बुटवल जेसीजको सचिवालयमा बुटवल जेसीजका पुर्व अध्यक्षहरु  सिनेटर गोपाल पाण्डे र सिनेटर मनोज भट्टराईले जेसीजको परिचय, सदस्यको काम,कर्तब्य र अधिकारको विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले जेसीजले युवाहरुको जिवनमा ल्याउने सकारात्मक परिवर्तन र अवसरको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले पछिल्लो समयमा जेसीज प्रति युवाहरुको आकर्षण बढेको बताउनु भयो । धेरै युवाहरु बुटवल जेसीजमा आवद्ध हुन चाहे पनि विधान भन्दा बाहिर गएर सदस्यता दिन नसकिने गौतमले प्रष्ट पार्नु भयो । जेसीजले विधिको शासनलाई वकालत गर्ने हुदाँ युवाहरुको आकर्षण रहेको उहाँको धारणा छ ।

बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरको सञ्चालन तथा अध्यक्ष जेसी राजिव गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्षहरु, जेसी मथुरा पिया, सिनेटर गणेशचन्द्र पोख्रेल,  सिनेटर कृष्णदेव भण्डारी, जेसी यम प्रसाद तिवारी, निवर्तमान अध्यक्ष जेसी नरदेव न्यौपानेजेसीज अभियानको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा  वर्ष २०२० को लागि ग्रोथ चियर मेन जेसी माधव खनालले स्वागत मनत्व र कोषाध्यक्ष भेष राज घिमिरे आस्था पाठ गर्नु भएको थियो ।


JCI News Archive