जेसीआई बुटवल लेडी द्वारा आयोजित "तनाव व्यवस्थापन कला" कार्यक्रम भव्यताका साथ सम्पन्न

2020-06-24

आज मिती २०७७/०३/१० गते बुधबार जेसीआई बुटवल लेडी द्वारा आयोजित "तनाव व्यवस्थापन कला" कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आजको कार्यक्रमका प्रमुख वक्ता कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान का अध्यक्ष आदरणीय गुरु चैतन्य कृष्ण ज्यू रहनुभएको थियो ।
जेसीआई बुटवल लेडी का अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी ज्यू को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका संयोजक जेसी नुमाकला राहादीको स्वागत मन्तव्य, जेसी शर्मिला राना ज्यू को आस्था पाठ रहेको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी जेसी कृष्ण सापकोटा ज्यू को शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा जेसीआई बुटवल लेडी का का.का.उपाध्यक्ष जेसी संगीता ढकाल ज्यूले आजका प्रमुख वक्ता को बायोडाटा वाचन गर्नुभएको थियो ।कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी लक्ष्मी थापा ज्यू, दुहवी जेसीजकी अध्यक्ष जेसी बिमला सुवेदी कार्की ज्यू, नवलपुर जेसीजका अध्यक्ष जेसी नारायण न्यौपाने ज्यू तथा नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यू लगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम जेसीआई बुटवल लेडी का महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यूको सञ्चालनमा भएको थियो ।
आजको कार्यक्रम मा हामीलाई साथ र हौसला दिन एवं आजका प्रमुख वक्ता का मधुर वाणी श्रवण गर्न पाल्नुभएका समस्त आदरणीय महानुभाव ज्यूहरु मा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।

JCI News Archive