जेसिआइ शुक्लागण्डकिले १८औं स्थापना दिवस मनायो

2020-06-25

शुक्लागण्डकि जेसिजले आज असार ११ गते आफ्नो १८औं स्थापना दिवसको अवसरमा शुक्लागण्डकी नगरभित्र रहेका पन्चमुनिदेब मा.बि खैरेनीटार मा.बि र गाउँ फर्कोदय मा.बि का ३ वटा क्वारेन्टाइन स्थलमा रहेका सुरक्षाकर्मी,स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाइ खाद्य सामाग्री तथा स्वास्थ सामाग्री बितरण गरि मनाएको छ। कार्यक्रममा शुक्लागण्डकी जेसिजका पुर्ब अध्यक्षहरु जेसि बिनोद राउत र जेसि भिम सुबेदी र जेसि युवराज भट्टराई ज्युले जेसिजले सामाजिक क्षेत्रमा गर्दै आएका क्रियाकलाप र जेसिजको काम कर्तव्य र उदेश्यका बारेमा प्रष्ट पार्नुभएको थियो भने पुर्ब अध्यक्ष जेसि दुर्गा सिग्देल र IPP मनिष श्रेष्ठको उपस्थिति रहेको थियो । बर्ष २०२० का अध्यक्ष जेसि मदन श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा शु न पा ४ का वार्ड अध्यक्ष शिव कुमार श्रेष्ठ , खैरेनीटार मा बि बि.ब्या.स अध्यक्ष बुद्धि बहादुर थापा र वार्ड न ८ अध्यक्ष कृष्ण रेग्मी ज्युले बितरण गरेको सामाग्री ग्रहण गर्दै जेसिजलाई धन्यवाद दिदै आगामी दिनमा पनि बिगत जस्तै जेसिजले नयाँ र रचनात्मक काॠ गर्ने कुरामा आशावादी रहेको कुरा व्यक्त गरे । कार्यक्रमका संयोजक र सह संयोजक बर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष क्रमश जेसि ईश्वर कुमार श्रेष्ठ र जेसि क्षेत्र बहादुर थापा (क्षितिज ) रहेको कार्यक्रममा सामाजिक दुरि कायाम गर्दै बोर्ड सदस्य र अन्य सदस्यको उपस्तिथिमा सम्पन्न भएको थियो।

JCI News Archive