सुरुङ्गा, २३ माघ - सुरुङ्गा जेसिजले आयोजना गरेको दुई दिवसीय प्रजनन स्वास्थ्य शिक्षा तथा महिला नेतृत्व विकास तालिम वुधवार सम्पन्न भएको छ ।
कनकाई नगरीमा तालिमको माध्यमवाट युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय गराउँदै आएको यस सुरुङ्गा जेसिजले कनकाई नगरपालिका र सामुदायिक सिकाई केन्द्रको विशेष सहयोगमा तालिम सम्पन्न गरेको हो । विशेष गरी समाजका महिलाहरुलाई लक्षीत गरेर आयोजना गरीएको तालिमको पहिलो दिन परिवारनियोजन संघ झापा शाखाकी कार्यक्रम संयोजक सुजन काफ्ले निरौलाले प्रजनन् स्वास्थ्य शिक्षा सम्वन्धि तालिम दिएकी थिइन् । समाजको समृद्धिका लागि मानिस स्वस्थ हुनु जरुरी भएकाले रोग लाग्नु भन्दा अगाडी नै भएको सचेतनाका कारण स्वस्थ जीवन जिउँन सकिने सत्य कुरालाई सामुदायिक सिकाई केन्द्र मार्फत व्यवहारमा ल्याउँन खोजीएको प्रशिक्षक सुजन काफ्लेले वताएकी छन् ।
कार्यक्रमको दोस्रो दिन महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ । मेची नगर लेडी जेसीजकी संस्थापक अध्यक्ष एक कुशल महिला नेतृ कविता शर्माले कक्षा नर्सरीदेखी सुरु गरेको तालिमको एकै दिनमा एसईई सम्मको ज्ञान दिएर सहभागीहरुलाई सन्तुष्टी वनाएको वताइएको छ । तालिम कार्यक्रममा ७० जना भन्दा वढी सहभागीहरुको प्रतिनिधीत्व गर्दै रमा सिटौला र दिव्या फुयाँलले तालिम व्यवहारिक र उपलव्धीमूलक भएको वताएका छन् । तालिम कार्यक्रमकी मुख्य प्रशिक्षक कविता शर्माले आशा, विश्वास, प्रेम, एकता र शान्तीका साथ अघि बढेको खण्डमा जीवनमा असफलता भन्ने कुरा कहिल्यै अनुभव गर्नु नपर्ने वताएकी छन् । प्रशिक्षणका क्रममा प्रशिक्षक शर्माले हरेक व्यक्तिले ‘म आफैंमा एउटा ठूलो शक्ति छ र मेरो परिवार आफैंमा ठूलो शक्तिशाली हो साथै नेपाली हुनु मेरो लागि एउटा ठूलो शक्ति हो ’ भन्ने भावनाहरुलाई सधैं मनमस्तिष्कमा राखेर अघि बढ्न सकेमा जीवनमा कहिल्यै निराश बन्नु नपर्ने कुरामा जोड दिएकी छन् ।