सतासीधाम जेसीजद्रारा कोरोनाको कहरबिच संचालित तीन कार्यक्रम समापन

2020-06-30

सतासीधाम जेसीजद्रारा नोवेल कोरोना भाइरस(कोभिड–१९)को कहरबिच संचालित दुई अनलाइन तथा एक अफलाइन कार्यक्रम समापन भएको छ ।
सोमबार सतासीधाम सामुदायिक सिकाई केन्द्र, शिवसताक्षी–११, को सभाहलमा नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष तथा वर्ष २०२० का राष्ट्रिय अध्यक्ष प्रमुख सल्लाहकार जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा विश्व व्यायी रुपमा फैलिएको नोवेल कोरोना भाइरस(कोभिड–१९) को प्रकोप संक्रमण रोकथामका लागि नेपाल सरकारद्रारा लडकाउन घोषणासँगै स्थगित एसर्ईई परिक्षामा भई सहभागी हुन नपाई घरैमा बसेका शिवसताक्षी नगरपालिका लगायत विभिन्न स्थानीय तथा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुका लागि लकडाउन अवधिभर संचालन भएको अनलाइन एसईई कक्षा, सरकारद्रारा यस पटक प्रत्यक्ष परिक्षा संचालन नगरी आन्तरिक मूल्याङ्कन परिक्षा मार्फत रिजल्ट गर्ने सरकारको निर्णयसँगै बन्द अनलाइन कक्षा, कोराना भाइस(कोभिड–१९) प्रकोप संक्रमण न्यूनीकरण गर्ने उदेश्य स्वरुप सामाजिक संजाल फेसबुक र युबट्यूव मार्फत संचालित जनचेतना मुलक राष्ट्रिय व्यापी टिकटक प्रतिष्पर्धा कार्यक्रमको नतिजा प्रकाशन तथा पुरस्कार वितरण र क्षमता विकास कार्यक्रम अन्र्तगत कहरबिच संचालित तीन दिवसीय व्यक्तित्व, नेतृत्व तथा क्षमता विकास तालिम कार्यक्रम समापन भएको हो । समापन कार्यक्रममा अनलाइन कक्षामा निःशूल्क रुपमा अनिवार्य गणित विषय सहजीकरणकर्ता तथा राष्ट्रिय रमणीय आर्दश माविका प्रधानाध्यापक काली प्रसाद रिजाल तथा शिक्षक पुण्य प्रसाद दाहाल(राजन)लाई प्रंशसा पत्र सहित सम्मान गरिएको थियो।
त्यसै टिकटक प्रतिष्पर्धा कार्यक्रममा राष्ट्रिय व्यापी रुपमा सहभागी ५७ जनालाई, गोविन्द काफ्ले, युदनाथ दाहाल तथा अस्मिता राई रहेको तीन सदस्यीय निर्णायक समितिबाट छनौट जुनियर(कक्षा १–५)बाट शिवसताक्षी, झापाका एरिस चापागाई प्रथम, शिवसताक्षी, झापाकी सम्वृद्धि थापा द्धितीय तथा काठमाण्डौकी सोयना खेड्का, २३ जना सिनियर(कक्षा ६–१०) बाट ललितपुरकी पंशसा ढकाल प्रथम, ललितपुरकी अनुजा निरौला द्धितीय तथा, कमल गाउँपालिका, झापाकी सुजता बस्नेत तृतीय र १७ जना खुल्ला सहभागीबाट शिवसताक्षी, झापाकी अस्मिका निरौला प्रथम, अर्जुनधारा,झापाकी विपना घिमिरे द्धितीय तथा पूजा संग्रौलालाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको टिकटक कार्यक्रम संयोजक जेसी रोहितले जानकारी दिए ।
त्यस्तै गरी कञ्चनजंघा एफ. एम. ९६.६ का, झापाका कार्यक्रम प्रस्तोता डिल्लीराम घोर्साई र नेपाल जेसीजका एनएलपी प्राक्टिसनियर ट्रेनर भिम प्रसाद भट्टराईको सहजीकरणमा संचालित तीन दिवसीय व्यक्तित्व, नेतृत्व तथा क्षमता विकास तालिममा ५५ जना सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र प्रशिक्षक द्धयलाई पंशसा पत्र सहित सम्मान गरेको कार्यक्रममा तीन कार्यक्रमका प्रायोजक शिवसताक्षी नगरपालिका वडा नं. ०७ का वडा सचिव धनराज इम्बुङ, ०८ का वडा सचिव पुष्पलाल पाण्डे, पाथिभरा होटल एण्ड लजका संचालक द्धय राजेश राई तथा चन्द्रा राई, शिवतसाक्षी, झिलझिलेका युवा समाजसेवी तथा व्यवसायी कुमार बुढाथोकी र ट्रेडलिङ्क विर्तामोड, झापाका संचालक अनुस आचार्यलाई पं्रशसा पत्र सहित सम्मान गरेको कार्यक्रम संयोजक जेसी पदम कुवँरले जानकारी दिए ।
सतासीधाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह साँबा लिम्बुको अध्यक्षता तथा क्षमता विकास कार्यक्रम संयोजक जेसी पदम कुँवरमा संयोजकत्वमा समापन कार्यक्रममा जेसीज कार्यक्रममा राष्ट्रिय जनमुक्ति पाटीका झापा अध्यक्ष भुवानी विक्रम सेलिङ्ग, शिवसताक्षी न. पा. ०६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, लायन्स क्लव जोन चियर पर्सन, लायन यामनाथ काफ्ले, शिवसताक्षी वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली, रेडक्रमस सोसाइटी उपशाखा, शिवसताक्षीका सभापति नारायण प्रसाद दाहाल, दमक जेसीज, वर्ष २०२० का अध्यक्ष जेसी कमल कटुवाल, गौरादह जेसीज, वर्ष २०२० का जेसी तारा कुमार श्रेष्ठ, कमलनगर जेसीज, वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल, दमक जेसीज, वर्ष २०१६ का अध्यक्ष जेसी सन्तोष अधिकारी, सताक्षी प्रेस क्लवका छविलाल दवाडी, सतासीधाम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष छत्रबाबु ओझा, सताक्षी खबर डटकमका सम्पादक सेलिङ्ग केसी लगायतको उपस्थिति रहेको कार्यक्रममा जेसी आस्था वाचन जेसी निर्मला प्रधान, मिसन तथा भिजन वाचन जेसी सागर आङदेम्बे र संचालन सतासीधाम जेसीज वर्ष २०२० का महासचिव विवेक ढकालले रहेका थियो ।

JCI News Archive