धनगढी जेसीज को आयोजना मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

2020-06-30

धनगढी जेसीजले Optimistic Youth & Entrepreneurship- An Interactive Session with Young Active Citizens शिर्षकमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। ज्योति ग्रुप का निर्देशक सौरभ ज्योति, चौधरि ग्रुप का प्रबन्ध निर्देशक निर्वाण चौधरि, नेपाल मानव संसाधन समाज का अध्यक्ष मोहन राज ओझा र FACTS Nepal का प्रमुख कार्यकारि निर्देशक मनिश झा प्रमुख वक्ता रहनु भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ, सिनेटर अनुप मान सैजु,  निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल, राष्ट्रिय महासचिव जेसी टेक राज रेग्मि, राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल, जेसी बिशाल थापा, राष्ट्रिय अध्यक्षका Chief Executive Assistant सिनेटर रबिन पोखरेल लगाएत चारै क्षेत्रका साखा अध्यक्ष ज्यू हरु र अन्य जेसीज हरु को उपस्थिति रहेको थियो। धनगढी जेसीजका अध्यक्ष जेसी श्याम पाठक को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सन्योजन कार्यकारिणी उपाध्यक्ष जेसि सत्य राज जोशि ज्यू ले गर्नु भएको थियो।

JCI News Archive