नेपालगन्ज जेसिज द्वारा क्यालेन्डर बिमोचन

2020-07-04

नेपालगन्ज जेसीजद्वारा क्यालेण्डर विमोचन
नेपालगन्ज जेसीले शनिबार एक कार्यक्रम बीच भित्तेपात्रोको विमोचन गरेको छ । जेसीजको सचिवालयमा आयोजित औपचारिक कार्यक्रम बीच क्यालेण्डर विमोचन गरिएको हो ।
नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष पूर्णलाल चुकेले भित्तेपात्राको विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चुके, पूर्व अध्यक्ष मीना श्रेष्ठ, कार्यक्रम संयोजक रेशमलाल चापागाईं लगायतले बोलेका थिए । जेसीजको आस्था पाठ जुनियर जेसीका कार्यकारिणी उपाध्यक्ष पूजा केसीले गरेको कार्यक्रममा नेपालगन्ज जेसीजका निवर्तमान अध्यक्ष रत्न काजी शाक्य, पूर्व अध्यक्षहरु मीना श्रेष्ठ, खड्ग बहादुर बोहरा, मोहम्मद आरिफ अन्सारी, विशाल बर्मा, जुनियर जेसीजका अध्यक्ष विमला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव माधव वेल्वासेले गरेका थिए। आजको कार्यक्रम उत्कृष्ट बनाउनु भएको मा सम्पूर्ण अथिती ज्यूलाई हृदय देखि धन्यवाद दिदै अहिले कोरोना भाईरस ले गर्दा ढिलाई भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

JCI News Archive