बुटवल लेडी जेसीजको चौथो बोर्ड बैठक तथा दोश्रो साधारण सभा भौतिक दुरी कायम गरि आवश्यक स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै सभ्य र भव्य रुपमा सम्पन्न

2020-07-05

आज मिती २०७७/०३/२० गते शनिवार तदनुसार 4th जुलाई 2020 मा बुटवल लेडी जेसीजको चौथो बोर्ड बैठक तथा दोश्रो साधारण सभा भौतिक दुरी कायम गरि आवश्यक स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
      बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा गरिएको चौथो बोर्ड बैठक मा अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को आस्था पाठ एवं कार्यकारिणी उपाध्यक्ष जेसी रुपा श्रेष्ठ पाठक ज्यू को स्वागत मन्तव्य रहेको थियो भने बोर्ड बैठकमा संस्थापक अध्यक्ष रेखा कट्टेल ज्यू, पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार ज्यूहरु जेसी ओमी पुन ज्यू एवं सिनेटर मञ्जु पराजुली ज्यू को गरिमामय उपस्थिति रहेको थियो ।
    बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा गरिएको दोश्रो साधारण सभा मा अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को स्वागत मन्तव्य, कार्यकारणी उपाध्यक्ष जेसी रुपा श्रेष्ठ पाठक ज्यू को आस्था पाठ एवं तालिम संयोजक जेसी कमला लम्साल ज्यू को धन्यवाद मन्तव्य रहेको थियो ।साधारण सभामा संस्थापक अध्यक्ष ज्यू एवं पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार ज्यूहरुको गरिमामय उपस्थिति रहेको थियो ।
    चौथो बोर्ड बैठक तथा दोश्रो साधारण सभामा बिभिन्न बिषयहरु माथि छलफल गरी निर्णय गरियो ।
    देशको यो कठिन परिस्थितिमा पनि आवश्यक स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्दै आ-आफ्नो जिम्मेवारी बोध गरि उपस्थिति जनाउनुभएकोमा आदरणीय संस्थापक अध्यक्ष ज्यू,पूर्व अध्यक्ष ज्यू हरु, सल्लाहकार ज्यूहरु, कार्यसमिति पदाधिकारी ज्यूहरु एवं समस्त साधारण सदस्यज्यूहरु प्रति हार्दिक आभार सहित धन्यबाद प्रकट गर्दछौँ धन्यवाद

JCI News Archive