नेपाल जेसीजको SDG अभियान17 measures of SDG week) दोश्रो हप्ता मिती २०७७/०३/२१ गते आइतबार बुटवल लेडी जेसीज-2020 ले आतिथ्यता गरि सभ्य र भव्य रुपमा सम्पन्न

2020-07-08

२०७७/०३/२१ गते आइतबार बुटवल लेडी जेसीज-2020 ले आतिथ्यता गरि सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ।
नेपाल जेसीज SDG अभियानका SDG-Director जेसीआई सिनेटर आशिष शर्मा ज्यू को अध्यक्षतामा शुरुवात गरिएको यस कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवं वर्ष २०२० का प्रमुख सल्लाहकार सिनेटर प्रकाश प्रसाद अधिकारी ज्यू को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे ज्यू तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका MIS Expert डा.महेश महर्जन ज्यूको बिशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा जेसीजका बिभिन्न पदमा रहनु भएका पदाधिकारी ज्यूहरु, appointees ज्यूहरु, शाखा अध्यक्ष ज्यू हरु लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बुटवल लेडी जेसीजका वर्ष २०२० का अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को आस्था पाठ, जेसीजको ध्यय र अभियान वाचन जेसी सोनम पाठकले गर्नुभएको थियो भने उपस्थित अतिथि एवं समस्त महानुभावहरुलाई बुटवल लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रुपा श्रेष्ठ पाठक ज्यूले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा बुटवल लेडी जेसीजका SDG co-ordinator जेसी सपना कार्की एवं बालकोट जेसीजका SDG co-ordinator जेसी अजय कुमार श्रेष्ठ ज्यू ले आ-आफ्ना project प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूले जेसीजको SDG अभियानका विषयमा जानकारी दिदै स्वागत सम्मान कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने Sdg संयोजक जेसी सपना कार्की ज्यूले औपचारिक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।बुटवल लेडी जेसीजका महासचिव जेसी अनुपमा श्रेष्ठ ले माइन्यूटको जिम्मेवारी बहन गर्नुभएको थियो ।
हाम्रो यो अभियानमा साथ र हौसला प्रदान गर्न उपस्थिति जनाउनुभएका सम्पूर्ण आदरणीय महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

JCI News Archive