सकारात्मक उत्प्रेरणा कार्यक्रम सम्पन्न

2019-02-20

पर्वत जेसीजको आयोजनामा प्रजातन्त्र दिवसका अवसर पारी जिल्ला कारागार पर्वतमा रहेका बन्दीगृहमा रहेका ब्यक्तिहरुको सकारात्मक सोच विकासका लागि पुस्तक वितरण एबम् सकारात्मक सोच उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा व्रम्हाकुमारी विश्वविद्यालय कुश्मा, पर्वतका ब्रम्हाकुमारी जानकीले सकारात्मक सोचका बारेमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिकाका उप–प्रमुख सीता काफ्ले लामिछाने यस्ता कार्यक्रमले विगतका विविधि कारणले वन्दीजीवन यापन गरिरहेका ब्यक्तिहरुको वन्दीगृह पश्चातको जीवन सकारात्मक बाटोमा लाग्नका प्रेरणा मिल्ने बताउनु भएको थियो ।
पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जेसी अमृतप्रसाद पोख्रेल र सञ्चालन महासचिव जेसी रामु शर्माले गर्नुभएको थियो । सो कार्यक्रममा सोच समुहको सहयोगमा वन्दीगृहको पुस्तकालयका लागि पुस्तक समेत हस्तान्तरण गरिएको थियो ।

JCI News Archive