नेपालगन्ज जेसिजको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरे।

2020-07-12

नेपालगन्ज जेसिजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेकाछन् ।

‘मानवताको सेवा नै जिवनको सर्बोतम कार्य हो’ भन्ने जेसिज आस्था पाठलाई आत्मसाथ गर्दै वर्तमान समयमा रगतको अभाव भएको र यसलाई केही मात्रामा पुर्ती गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले बताए।

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार कार्यालय नेपालगन्जसंगको समन्वयमा शनिबार नेपालगन्जमा रक्तदान गरिएको नेपालगन्ज जेसिजकी स्वास्थ्य संयोजक जेसी प्रेमा शाहीले जानकारी दिइन ।

उनका अनुसार विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले रक्तदान गरेका छन् । कोरोना महामारी रक्तदाताहरु स्वस्फूर्त रगतदान गर्न नआएपछि रगत अभाव हुन नदिन रक्तदान गरिएको शाही बताउँछिन् ।

जेसिज आबद्ध विभिन्न ब्यक्तिहरुको उपस्थितिमा भएको रक्तदानमा सहभागिहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो ।          

      विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को कारण अति नै सम्बेदनशिल भई सामाजिक दुरी कायम राखी गरिएको रक्तदान कार्यक्रममा जेसिज नन जेसिजको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

JCI News Archive