बुटवल लेडी जेसीजद्वारा उपमहानगरपालिका स्तरीय अन्तर मा. वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

2020-07-19

आज मिती २०७७/०४/०३ गते शनिवार बुटवल लेडी जेसीज को आयोजनामा "सकारात्मक परिवर्तनका लागि एकता" बिषयक अन्तरमावि उपमहानगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा कार्यक्रम भव्य एवं सभ्य रुपमा सम्पन्न भएको छ ।
    बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको यस कार्यक्रममा नेल्टा प्रदेश नं ५ का अध्यक्ष/ प्याव्सन नेपालका केन्द्रीय सल्लाहकार/ समग्र न्यू होराइजन संस्थाका प्राचार्य आदरणीय शैक्षिक व्यक्तित्व श्री लोकनाथ उपाध्याय ज्यू को प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मातृशाखा बुटवल जेसीजका अध्यक्ष जेसी राजीव गौतम ज्यू ,एन प्याव्सन प्रदेश नं ५ का जिल्ला सचिव तथा स्कलर्स होम बोर्डिङ स्कुल का प्रिन्सिपल श्री बावुराम बन्जाडे एवं डेल्टा एजुकेशन मार्टका DGM श्री प्रकाश भूषाल ज्यू को बिशिष्ट आतिथ्यता रहेको थियो ।
      प्रतियोगिताको निर्णायकको भूमिकामा बुटवल बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख तथा वर्तमान प्राध्यापक श्री प्रकाश पौडेल ज्यू, सैनामैना मेमोरियल स्कूलका प्राचार्य जे.वि. क्षेत्री र सञ्चारिका समूह प्रदेश नं ५ का महासचिव एवं कान्तिपुर टेलिभिजन का बरिष्ठ उप सम्पादक श्री अमृता अनमोल ज्यू रहनुभएको थियो ।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका ७ ओटा विद्यालयका विद्यार्थी भाइबहिनीहरुले सहभागिता जनाउनुभएको थियो ।
      कार्यक्रममा बुटवल लेडी जेसीजका उपाध्यक्ष जेसी बेदना पाण्डे ज्यूको आस्था पाठ, कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी रुपा श्रेष्ठ पाठक ज्यू को स्वागत मन्तव्य रहेको थियो ।
    आजको प्रतियोगितामा बिजयी हुनु हुने विद्यार्थी भाइबहिनीहरुको नतिजा यस प्रकार रहेको छ:-
          नाम                           विद्यालय
प्रथम:एलिशा बेल्वासे           कालिका मानवज्ञान मा.वि
द्वितीय:नविना भूषाल           स्कलर्स होम बोर्डिङ स्कुल
तृतीय:बसुन्धरा भण्डारी         एभरेष्ट बोर्डिङ स्कुल
चतुर्थ:स्मारिका न्यौपाने         न्यू होराइजन स्कुल
सान्त्वना:समिक्षा बि.क.         उजिर सिं मा. वि
    बिजयी विद्यार्थी भाइबहिनीहरुको लागि सिल्ड र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।सम्पूर्ण बिजयी भाइबहिनी हरुलाई बुटवल लेडी जेसीज परिवारको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं ।
          
  धन्यवाद, जयजेसीज

JCI News Archive