कपन जेसिजले बुझायो बूढानीलकण्ठ नगर प्रमुखलाई २० बुँदे ध्यानाकर्षण पत्र

2020-07-23

काठमाडौं, ७ साउन। कपन जेसिजकापदाधिकारीको टिमले आज बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेललाई भेटेर २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

कपन जेसिजको तर्फबाट बुझाईएको ध्यानाकर्षण पत्रमा बुढानिलकण्ठ नगरपालिका भित्रको कोभीड-१९ को संक्रमणबाट बच्न गरिएका प्रयत्न, बाढी र पहिरोको समस्या समाधान, एक घर दुई बिरुवा अभियान, युवालाई सिर्जनात्मक कार्यमा परिचालन, बर्षाको पानीलाई जमिन रिचार्जको व्यवस्थापन नभएसम्म घर नक्सा पास नगर्ने, कौसी खेती, महिला सशक्तीकरण, युवाविकासर स्वोरोजकार तालिम,सडक किनारामा बृक्षारोपण, ठेला गाडा व्यापार व्यवस्थापन, साना माइक्रोबसको सट्टामा मिनिबस संचालन,कडाउन पछिको विद्यालय संचालन लगायत समसामयिक बिषयमा उल्लेख गरिएको छ।
उक्त ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख खरेलले यी लगायत यस्ता कार्यमा कपन जेसिज संग सहकार्य गर्ने र सहकार्यको लागि १५ दिनभित्र योजना ल्याई कपन जेसिज संग सहकार्य अगाडी बढाउने बताएका छन्।
ध्यानाकर्षण पत्र बुझाउन कपन जेसिज बर्ष २०२० का अध्यक्ष रुपेश भट्टराई,पूर्व अध्यक्ष होम बहादुर(मनोज) अधिकारी, दिपक अधिकारी, कपन जेसिजका कार्यक्रम संयोजक रिता थपलिया तथा श्याम तिम्सिना लगायत कपन जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


JCI News Archive