बुटवल जेसीजको प्रस्तुति रेडियो कार्यक्रम जेसीज आवाजको दोस्रो संस्करण सुरु, सुन्नु होस राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेलसंगको कुराकानी

2019-02-21

बुटवल । बुटवल जेसीजले सन् २०१८ देखि सुरुवात गरेको रेडियो कार्यक्रम जेसीज आवाजको दोस्रो संस्करण सुरु भएको छ । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने र उहाँको टिमले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिने निर्णय गरेपछि कार्यक्रमले निरन्तरता पाएको हो । कार्यक्रमको पहिलो श्रृङखलामा बुटवल जेसीज वर्ष २०१८ मा भएका कार्यक्रमहरुको टिप्पणि गरिएको थियो । 

यस्तै जेसीज र युवाहरुको सन्दर्भलाई जोडेर नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल मिलनसंग गरिएको कुराकानी प्रसारण भएको थियो ।  कुराकानीको क्रममा पौडेलले सक्षम युवाहरु उत्पादन गर्न यो वर्ष महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको छ । ज्वरो आएको बेला सिटामोलले तत्काल सञ्चो गराए जस्तै यस वर्ष सञ्चालन हुने तालिमले युवाहरुमा तत्काल परिवर्तन ल्याउने कुरामा उहाँले जोड दिनु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका उपाध्यक्ष तथा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले गर्नु भएको छ ।

यो वर्षको जेसीज आवाजले पुर्व मेचिदेखि पश्चिम महाकालिका युवाहरुको आवाजलाई समेट्ने बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी नरदेव न्यौपानेले जानकारी दिनु भएको छ । ‘समुदायलाई जेसीज के हो भनेर यो कार्यक्रमले सहयोग त गर्छ नै’ न्यौपानेले भन्नु भयो– ‘विधिको शासन स्थापित गर्न पनि यो वर्ष विशेष श्रृङखलाहरु प्रसारण हुने छन् ।’ विभिन्न शाखाका पदाधिकारी र प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरुसंग अन्तरक्रियामा जोड दिने उहाँले बताउनु भएको छ ।
कार्यक्रम प्रत्येक साताको आइतबार विहान ७ ः ३० बजे बुटवल एफ एफ मार्फत प्रसारण हुदै आएको छ । उक्त कार्यक्रमलाई इन्टरनेट अनलाईनमा धधध।दगतधबािm।यचन को माध्यमबाट संसार भर सुन्न सकिन्छ भने सामाजिक सञ्जाल फेसबुकमा लाईफ र युट्युवमा पनि सुन्न सकिन्छ ।

पुरै कार्यक्रम सुन्न यहाँ जानुहाेस

https://www.youtube.com/watch?v=gb5mBiEtVfs&feature=youtu.be&fbclid=IwAR3BOn9HMHrnULk8si2ecP...

JCI News Archive