प्रतिवेदन लेखन तालिम

2020-08-02

दाङ महिला जेसीजको आयोजनामा "प्रतिवेदन लेखन तालिम "दाङ महिला जेसिजका वर्ष २०२० का अध्यक्ष जेसि जिवा भुसालकाे अध्यक्षतामा वडा नं १५ का वडा अध्यक्ष श्री रमेश कुमार पाण्डेकाे प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष श्री विपुल पोख्रेल ज्यूकाे प्रमुख प्रशिक्षणमा ज्यादै प्रभावकारी ढंगले जेसीज तथा नन जेसीज विभिन्न संघ संस्था का अग्रज व्यक्तिहरुकाे उत्साहजनक सहभागितामा तालिम सम्पन्न गरियाे। फ्रिडम फोरम प्रदेश नं. ५ का प्रदेश संयोजक श्री सुदिप गौतम ज्यू तथा सामाजिक र आर्थिक रुपान्तरणका लागि युवा समुहका अध्यक्ष श्री किरण थापा ज्यूले प्रतिवेदनकाे बारेमा महत्वपुर्ण जानकारी गराउनुु भयो। मातृशाखाका अध्यक्ष जेसी माधव पाैडेल, संस्थापक अध्यक्ष जेसि निर्मला गाैतम, भुमि अधिकार मंन्चका पुर्व अध्यक्ष श्री निर्मला वि.क. लगायतले मन्तव्य दिनु भएकाे थियाे। तालिम प्रठिष्ठानका संयाेजक एवं पूर्व अध्यक्ष जेसि माया पाेख्रेलले तालिमकाे उद्देश्यकाे बारेमा जानकारी गराउनु भएकाे थियाे। कार्यक्रमकाे संयाेजक जुनु कुमारी बुढाले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भयाे। जेसि अर्चना शर्माकाे आस्था पाठ बाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव संगिता गिरीले गर्नुभयाे। सहयाेगि हातहरु तथा उपस्थिति सम्पुर्णलाई धन्यवाद जेसी अनिता ढकालले गर्नु भयाे।
दाङ महिला जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष ज्यूहरु, बोर्डका पदाधिकारीहरु, साधारण सदस्य, जेसिज मनहरु, संघ संस्थाका जिम्मेवारी व्यक्तित्वहरु, पत्रकार ज्यूहरु तथा सम्पूर्ण आजकाे क्षमता विकास अन्तर्गत प्रतिवेदन लेखन तालिममा सहभागी सम्पूर्ण महानुभावहरुप्रति दाङ महिला जेसीज परिवारहृदयदेखि आभार व्यक्त गर्दै धेरै धेरै धन्यवाद दिन चाहान्छौं र यहाँ सम्पूर्णको सदैव साथ सहयोग सर सल्लाहको अपेक्षा गर्दछौं ।

JCI News Archive