सवारी साधन चेक जाँच शिविर सम्पन्न

2019-02-20

२०७५/११/०८, पर्बत जेसिज,

कुश्मा, पर्वत



पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न भएको छ ।
अस्वस्थ प्रतिस्पर्धाका कारण सार्वजनिक सवारी साधनहरु समयमा चेक जाँच नगराउनका कारणले हुन सक्ने दुर्घटना न्युनिकरण गर्ने अभिप्रायका साथ उक्त सवारी साधन चेक जाँच शिविर सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रहरी सधै नागरिकको जीउ धनको सुरक्षाका लागि खटिएकाले सवारी दुर्घटना न्यनिरकण गराउनका लागि यस्ता कार्यक्रमले सघाउ पु¥याउने बताउनुभएको थियो । उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरी, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष एबम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष शिवप्रसाद सुवेदी, जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरिक्षक रामकृष्ण गौली, रोट¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल, विवेक अटो मोवाईल्सका प्रवन्धक रेशम के.सी. लगायतले यस्ता कार्यक्रमका माध्यमबाट दुर्घटना न्युनिकरणका लागि सकारात्मक प्रेरणा मिल्ने बताएका थिए ।
पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा स्वागत एबम् कार्यक्रम माथि प्रकाश कार्यक्रम संयोजक जेसी राजु शर्मा र सञ्चालन सह–सचिव जेसी सुरेन्द्र पौडेलले गरेका थिए । सो शिविरमा चालु अवस्थामा यात्रु बोकी गन्तब्य तर्फ हिडेका दुर्घटना हुन सक्ने सम्भावित २ सवारी साधन मर्मतका लागि मर्मत केन्द्रमा पठाईएको थियो । सो शिविरमा ९५ सवारी साधनको चेकजाँच गरिएको थियो ।

JCI News Archive