कपन जेसिजको “जेसिज सप्ताह-२०७७” शुरु

2020-08-09

कपन अनलाइन

काठमाडौं ,साउन २४।

  कपन जेसिजले “जेसिज सप्ताह-२०७७” उद्घाटन तथा भलिबल प्रतियोगिता आयोजना गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा न १० का वडाध्यक्ष तथा बुढानिलकण्ठ नगर प्रबक्ता नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा जोसेफ हाई स्कुल/कलेज कपन मिलनचोकको प्राङ्गणमा भएको कार्यक्रममा “जेसिज सप्ताह-२०७७” उद्घाटन गरिएको हो ।

उक्त उद्घाटन समारोहमा नेकपा बुनपा १० का अध्यक्ष जगत निरौला, नेपाली कांग्रेस बुनपा -१० का सभापति श्याम डोट्टेल, जोसेफ हाई स्कुल /कलेजका प्राचार्य तथा एम्नेस्टी ईन्टरनेस नल नेपालका पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी, कपन जेसिजका पुर्ब अध्यक्षहरुदुर्गा देब सुवेदी, हेमराज दाहाल, होम बहादुर अधिकारी(मनोज), अमित कुमार अधिकारी, पुर्ब अध्यक्ष तथा एरिया सी थिम डाईरेक्टर झनक बहादुर अधिकारी(दिपक), आफ्नो देश आफै बनाउछु अभियान एरिया सीका सदस्य बिकास श्रेष्ठ, कपन जुनियर जेसिजका अध्यक्ष बिनिता सिलवाल, नेपाल जेसिजका पुर्ब राष्ट्रिय उपाध्यक्ष तथा भलिबल प्रतियोगिताको रेफ्री अतुल प्रसाईं, स्थानिय भलिबल खेलाडी युबाहरु, जेसिजका पदाधिकारीहरु र स्थानिय युबाहरुको उपस्थिति रहेको थियो।


https://l.facebook.com/l.php?u=https%3A%2F%2Fkapanonline.com%2Farchives%2F91606%3Ffbclid%3DIwAR0KwljO4QjV00-IG5iEhBBVFC3v7z_RFhRpMrZAtbvAcu7kGEAPX6s9lgc&h=AT2ZLwvIzwtlcK3xs-vqbp6nKT41ssxJ6RJA4bAuJmmdj96mmeeFV61ZPtsqKa5SdrGOpTIYoXUEs0tCwVjUNwcz-ETR-bK49LTiFDexY5-cN4vzywnfEvKxAwpFGIWxrX5NPQ


JCI News Archive