जेसीआइ बुटवल लेडी जेसीजद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न

2020-08-14

  २०७७/०४/२९ बुटवल 

बुटवल लेडीद्वारा ट्राफिक प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
                बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षता एवं प्रहरी नायव निरीक्षक डिल्लीनारायण पाण्डे ज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बुटवल लेडी जेसीजद्वारा स्वास्थ्य सामाग्री (KN 95 मास्क,सर्जीकल मास्क, ग्लव्स र सेनिटाइजर ) हस्तान्तरण गरिएको छ।सामग्रीहरु पूर्व अध्यक्ष जेसी रुपा पाण्डे ज्यू एवं अध्यक्षज्यूले प्रमुख अतिथिज्यूलाई हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा प्रहरी निरीक्षक ,सहायक प्रहरी निरीक्षक ज्यूहरुको गरिमामय उपस्थिति रहेको थियो ।
      दिनहुँ बढ्दै गएको कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको मा प्रहरी नायव निरीक्षक डिल्लीनारायण पाण्डे एवं सहायक प्रहरी निरीक्षक ज्ञानु पाण्डे ज्यूले बुटवल लेडी जेसीज प्रति आभार व्यक्त गर्दै आफ्ना महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो।
    कार्यक्रमको संयोजन बुटवल लेडी जेसीजकी सदस्य जेसी सरु थापा ज्यूले गर्नु भएको थियो भने स्वास्थ्य सामाग्रीको सौजन्य पनि संयोजक जेसी सरु थापाज्यूले गर्नुभएको थियो।
  कार्यक्रममा आफ्नो अत्यन्तै महत्वपूर्ण समय दिइ हौसला प्रदान गर्नु हुने आदरणीय पूर्व अध्यक्ष जेसी रुपा पाण्डे ज्यू एवं इलाका प्रहरी कार्यालय बुटवलप्रति हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछौं।
    धन्यवाद 

जय जेसीज
     

JCI News Archive