तरहरा जेसिज द्वारा फूड बैंक स्थापना

2020-08-31

तरहरा जेसिजको आयोजनामा मिति २०७७ साल भाद्र १५ गते सोमबारका दिन मानवता को सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने आस्था लाई अंगिकार गर्दै लकडाउन अवधिभर दैनिक गुजारा गर्न कठिन परिवार लाई लक्ष्यित गरि food bank स्थापना गरियो । यो अभियान लाई सहयोग पुर्याउनुहुने सम्पूर्ण जेसिज मित्रहरू , पुर्व अध्यक्ष ज्युहरु , कार्यक्रम संयोजक , सहयोगि मनहरुको साथ र सहयोग रहेको छ। आज ५० वटा परिवार लाई चामल, दाल, नुन, तेल, सोयाबिन र मास्क समेत बितरण गरियो ।अब भोलिबाट दैनिक १५० परिवारलाई बितरण गरिने छ। यस कार्यक्रममा दैनिक रुपमा नगद रु २५००० का दरले खाद्यान्न सामाग्री बितरणमा खर्छ हुने अनुमान गरिएको छ। यो कार्यक्रम करिब १५ दिनसम्म सन्चालन गरिने छ भने कुल खर्च करिब ४००००० अक्षेरेपी नगद रु चार लाख रुपैया खर्च हुने अनुमान गरिएको छ।

JCI News Archive