भाषणकला तथा जीवनक्र सम्बन्धी एक दिन तालिम मंगलसेनमा सम्पन ।।

2018-10-07

 असोज १९ अछाम । समुहमा गरिने भाषणकला तथा जीवनक्र सम्बन्धी एक दिन तालिम आज मंगलसेनमा सम्पन भएको छ । जेसिज नेपालको आयोजन तथा जेसिस अछामको आथित्यमा तालिम सम्पन्न भएको हो । वभिन्न क्षेत्रबाट ४० जना भन्दा बढीको सहभागिता रहेको तालिममा समुह तथा जनमानसमा कसरी प्रस्तुत हुने तथा भाषणलाई राम्रो कसरी बनाउन सकिन्न भन्ने तरिकाका बारेमा जानकारी दिनुका साथै आफ्नो जीवनचक्रलाई कसरी व्यवस्थित पार्ने भन्ने बारेमा जानकारी प्रदान गर्ने तालिमको मुख्य उद्देश्य रहेको थियो । नेपाल जेसिजका प्रमुख प्रशिक्षक जेसी रमेश अर्यालले तालिमको सहजिकरण गर्नु भएको थियो । तालिमको सहजिकरण गर्दै प्रशिक्षक अर्यालले आफ्नो प्रस्तुती र जीवनलाई सहज तरिकाले जीउनका तरिकाका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो । अछाम जेसिज बर्ष २०१८ का अध्यक्ष जेसी खेमराज ढुंगानाको अध्यक्षतामा भएको तालिममा जेसिज नेपालका केन्द्रिय उपाध्यक्ष जेसिआई सिनेटर विजय गुरुङ, अछाम जेसिजका संस्थापक अध्यक्ष जेसी मानबहादुर कुवँर, बर्ष २०१५ का अध्यक्ष जेसी नमराज न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै क्षेत्र घ का लागि निरुपित उपाध्यक्ष समेत रहेका सिनेटर गुरुङले अछाम जेसीले तालिमका लागि गरको आथित्यता र सहभागीताका प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै खाले तालिमको पुनः आयोजना गरिने बताउनु भयो । साथै उहाँले जेसिज अछाम सकरात्मक अभियानका साथै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेको भन्दै खुशी व्यक्त गर्नु भयो । तालिमको समापन कायक्रममा बोल्दै जेसिज अछामका अध्यक्ष जेसी खेमराज ढुंगानाले आफ्नो आग्रहलाई स्वीकार गरेर केन्द्रिय उपाध्यक्ष तथा प्रशिक्षकलाई धन्यवाद दिनुका साथै उत्साहजनक सहभागीताको समेत प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै सहकार्यमा अन्य कार्यक्रमहरु गर्दै जाने समेत उहाँले बताउनु भयो ।

JCI News Archive