जेसीआई बाहुनडाँगीको पदहस्तान्तरण सम्पन्न

2019-02-21

बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०१८ को पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सामुदायिक हलमा सम्पन्न समारोहमा बाहुनडाँगी जेसीजले प्रदान गर्दै आएको ३ वटा अवार्डबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । जसमा उत्कृष्ट नागरिक सम्मान राष्ट्रिय खेलाडी बाहुनडाँगी निवासी गंगा अधिकारीलाई प्रदान गरिएको छ । यसैगरी गंगामाया–दलबहादुर सिठुङ अध्यक्षकोषबाट प्रदान गरिने बाहुनडाँगी जेसीज उत्कृष्ट जेसीज अवार्ड वर्ष २०१८ का तालिम संयोजक देबु बानियाँलाई प्रदान गरिएको छ । बाहुनडाँगी क्षेत्रमा एसइइ परीक्षामा उत्कृष्ट हुने मेची जनसाधारण माविकी सदिक्षा घिमिरेलाई गंगामाया–दलबहादुर सिठुङ अध्यक्षकोष छात्राबृत्तिबाट सम्मान गरिएको छ । जेसीज सदस्य बानियाँ र विद्यार्थी घिमिरेलाई नगद तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
वर्ष २०१९ का लागि निम्नानुसार कार्य समिति रहेका छन् ।
१. अध्यक्ष– कञ्चन उप्रेती
२. महासचिव– देबु बानियाँ
३. कोषाध्यक्ष–राजेश थापा
४. कानुनी सल्लाहकार–प्रविण भण्डारी
५. कार्यकारीणी उपाध्यक्ष– आनन्द गुप्ता
६. कार्यकारीणी उपाध्यक्ष–अभिषेक मेहेता
७. उपाध्यक्ष–कमला शर्मा
८. उपाध्यक्ष हेमन्त मोक्तान
९.उपाध्यक्ष– सुनिल धिमाल
१०.उपाध्यक्ष– नृत्यानन्दा चम्लगाई
११. निवर्तमान अध्यक्ष (आइपीपी) – जीवन मोते
  वर्ष २०१८ का अध्यक्ष जीवन मोतेको सभापतित्व तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा विशेष अतिथि उपमेयर मिना उप्रेती रहनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, सामाजिक व्यक्तित्व अनुप कार्कीलगायतले बाहुनडाँगी जेसीजले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिका तथा युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासका लागि खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो ।
   कार्यक्रममा छिमेकी शाखाका अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु, स्थानीय मानिसहरु गरी करिब ३ सयको सहभागिता रहेको थियो । कार्यकारीणी उपाध्यक्ष राजेश थापाले आस्था पाठ गरेका थिए । कार्यक्रम संयोजक निकेश दाहालले सहभागिलाई शाखाका स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०१८ का महासचिव सागर कार्की र वर्ष २०१९ का महासचिव देबु बानियाँले सयुक्त रुपमा गरेका थिए ।

 



JCI News Archive