नेपालगन्ज जेसिजले सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम पर्येटकिय क्षेत्र वाटरपार्क सरसफाइ।

2020-09-08

सप्ताहको तेस्रो दिन नेपालगन्ज जेसीजले गर्यो वाटरपार्क सरसफाइ कार्यक्रम ।

पछिल्लो चरण बाँके नेपालगन्जको पर्यटन स्थल मानिएको वाटरपार्कमा अाज नेपालगन्ज जेसिजले सप्ताह कार्यक्रम अनुसार तेस्रो दिन वाटरपार्क मा सरसफाइ गरेका छ।

सरसफाइ कार्यक्रममा वाटरपार्क एरियाका बासिन्दा तथा नेपालगन्ज जेसिजका सम्पुर्ण युनिटको उपस्थिति रहेको थियो। उक्त सरसफाइ कार्यक्रममा
नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठ, पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर रविन्द्र कर्ण, कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष प्रमोद रिजाल, वाटरपार्क ब्यबस्थापन समितीका अध्यक्ष शशिधर अधिकारि, जुनियर जेसिका अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष जेसि अर्जुन भट्टराई, निवर्तमान अध्यक्ष जेसि रत्नकाजी शाक्य, मुल संयोजक प्रकाश कुंवर, संयोजक हिमान्चल बर्नवाल, सहयोगी जुनियर जेसि सुरज कुमार गुप्ता, लगायत जेसिज तथा जुनियर जेसिजका सदस्यहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन जेसिजका महासचिव माधव प्रसाद बेल्बासेले गर्नु भएको थियो


JCI News Archive