जेसिआइ शुक्लागण्डकि द्वारा शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव र अवसर बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न

2020-09-08

दुलेगौँडा । नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरले कोरोना भाइरसका कारण ठप्प रहेको शैक्षिक क्षेत्र संचालनका निम्ति वैकल्पिक उपाय अपनाउनु पर्ने बताएका छन् ।शनिबार शुक्लागण्डकी जेसीजले आयोजना गरेको शैक्षिक क्षेत्रमा 'कोरोना भाइरसले पारेको प्रभाव तथा अवसर विषयक' भर्चुअल अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।कोरोनाका कारण गएको चैत्र यता शैक्षिक गतिविधि बन्द रहाँ शैक्षिक विकासमा असरसंगै नयाँ पाठ पनि सिकाएको बताए ।उनले नेपालको परम्परागत शैक्षिक प्रणाली परिर्वतन गरी प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।

 

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव नवराज चापागाईले अहिलेको परिस्थितिमा अनलाइन कक्षा बाहेक अरु विकल्प नभएको बताए । उनले अहिले परिस्थितिमा कक्षामा बसेर अध्ययन अध्यापन गर्ने अवस्था नभएको भन्दै नयाँ प्रविधिको प्रयोग गरी थप प्रभावकारी बनाउन ध्यान दिनु पर्ने बताएका थिए ।रोकिएका परीक्षा कसरी संचालन गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताउँदै भर्ना हुन नपाउँदा विद्यार्थीहरुमा अन्योलता पैदा भएको समेत बताए ।

 

शुक्लागण्डकी जेसीजका अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवि शिक्षा संकायका पुर्व डिन प्रा.डा कृष्ण प्रसाद गौतम,नोवल कलेजका एमबीए कोअर्डिनेटर डा. श्रीनिवास माधवन,अष्ट्रेलियमा शिक्षण गर्दै आएका विष्णु थापा लगायतले विभिन्न सुझावका साथै कोरोनाले सिर्जना गरेको अवसरहरुका बारेमा चर्चा गरेका थिए ।

 

त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीका उपाध्यक्ष केशवराज घिमिरे र प्याब्सन तनहुँका अध्यक्ष गोपाल पराजुलीले आ-आफ्नो विचार राखेका थिए ।कार्यक्रममा जेसीजका उपाध्यक्ष अनिष कुमार ढकालले स्वागत र महासचिव रमेश भुजेलले संचालन गरेका थिए । उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष ढकालले गरेका थिए ।



JCI News Archive