नेपालगन्ज जेसीज द्वारा पुर्व अध्यक्ष सम्मान कार्यक्रम।

2020-09-16

नेपालगन्ज जेसीजले पहिलो पटक नेपालगन्ज जेसीजका सम्पूर्ण भुपु अध्यक्षहरुलाई खादा ओडाएर सम्मान पत्र वितरण गरेको छ। ई.स. १९७६ बाट सुरुवातमा आएको नेपालगन्ज जेसीज हाल ई.स. २०२० लाग्दा ४४ बर्ष पुगेको र ४४ बर्षको अवधिमा सम्पूर्ण भुपु अध्यक्षलाई सम्मान र कदर गरेको यो पहिलो कार्यक्रम रहेको जेसीज २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भयो भने उता कोभिडको लकडाउने गर्दा अझ धेरै कार्यक्रमहरु बाट बञ्चित रहेको अध्यक्षले बताउनु भएको थियो भने हामिले सप्ताहको पहिलो कार्यक्रम विक्षरोपण, दोस्रो रक्तदान , तेस्रो वाटरपार्क सरसफाइ , चोैथो नेपालगन्जका सबै चोकहरुमा कोभिड १९ काे ब्यानर, पाँचौ नेपालगन्ज बजार र्यालि , छैटौं अाज पुर्व जेसीज अध्यक्ष सम्मान कार्यक्रम र सातोै कार्यक्रम असोज १ गते सुनाखरिमा सम्मापन गर्ने नेपालगन्ज जेसीका अध्यक्ष प्रज्वलले बताउनु भयो ।

पुर्व अध्यक्ष सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का सांसद सुरेन्द्र हमाल, विशिष्ट अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सेनेटर रवीन्द्र कर्ण , अतिथिमा सम्पूर्ण जेसीजका पुर्व अध्यक्ष ज्यु हरु रहनु भएको थियो भने कार्यक्रममा अध्यक्ष प्रज्वल श्रेष्ठ , सुरेन्द्र हमाल, रवीन्द्र कर्ण लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन माधव बेलबासेले गर्नु भएको थियो ।

कार्यक्रम समापन असोज १ गते बिहिवार साझ ५ बजे सुनाखरिमा हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

JCI News Archive