लमही जेसीजको जेसीज सप्ताहको पहिलो दिन बृक्षारोपण गरियो

2020-09-24

२०७७ साल असोज ८ गतेबाट असोज १४ गते सम्म सम्पन्न हुन गइरहेको लमही जेसीजको जेसीज सप्ताह कार्यक्रम को आज पहिलो दिन कार्यक्रम सम्योजक जेसी निर्मला चौधरी एबम सप्ताह निर्देशक जेसी दुलमदास चौधरी, कार्यक्रमको सभाध्यक्ष लमही जेसीजकी बर्ष 2020 कि अध्यक्ष जेसी सपना पाण्डे, लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी. को प्रमुख आतिथ्यता, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी लालमणी भण्डारी ज्यु को विशिष्ट आतिथ्यतामा जेसीजका सस्थापक को फोटोमा फुल माला अर्पण सहित पनसमा बत्ती बालेर उद्घाटन सङै प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी द्वारा लमही जेसीजको सचिवालय वरिपरि बृक्षारोपण गरि जेसीज सप्ताहको पहिलो दिनको सुसम्पन्न गरियो । यसै गरि जेसीज सप्ताहको दोस्रो दिन ब्लाड डोनेसन कार्यक्रम को जानकारी सङै पहिलो दिनको कार्यक्रम समपन गरियो । उक्त कार्यक्रम को सन्चालन लमही जेसीज बर्ष 2020 का महासचिव जेसी जय प्रकाश पौडेल ले गर्नुभएको थियो ।

JCI News Archive