नेपालगन्ज जेसीजले प्रभावकारी प्रस्तुतीकरण कौशल र उच्च प्रभाव पावरपोईन्ट तालिम आज नेपालगन्जमा सम्पन्न गरेको छ ।

2020-09-27

नेपालगन्ज जेसीजले प्रभावकारी प्रस्तुतीकरण कौशल र उच्च प्रभाव पावरपोईन्ट तालिम आज नेपालगन्जमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक केशव पौडेलले प्रभावकारी प्रस्तुतीकरण कौशल र उच्च प्रभाव पावरपोईन्ट तालिमको सहजीकरण गर्नुभएको थियो । सोे तालिमको कार्यक्रम जुनियर जेसि स्नेहा शर्माले आस्था पाठ बाचन गरि सुरुवात भएको थियोे भने कार्यक्रम संचालन नेपालगन्ज जेसीजका सचिव माधव प्रसाद बेलबासेले गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा सहसंयोजक अन्कित कुमार सिंहले स्वागत मन्तव्य, पुर्ब अध्यक्ष आनन्द कर्माचार्यले सुभकामना मन्तव्य दिई कार्यक्रम सुरुवात भयको थियो । तालिमको अन्तमा प्रमुख अतिथी प्रशिक्षकबाट प्रमाणपत्र वितरण भएको थियो । जसमध्ये तालिममा सहभागीहरु सुरज गुप्ता, हर्क सिङ साउद तालिम पश्चात सहभागीहरुको तर्फबाट आफ्नो धारणा राखेका थिए । कार्यक्रम संयोजक भोजराज तिमिल्सिनाले सबै सहभागीलाई धन्यवाद दिएका थिए ।



प्रशिक्षक तथा प्रमुख अतिथि पौडेलले नेपालगन्ज जेसिजले गरेका कामको सराहनीय गर्नु भएको थियो भने आगामी दिन पनि यस्तो किसिमको तालीममा जोड दिनु पर्ने धारणा राख्नुभएको थियो। नेपालगन्ज जेसिजका सभापति जेसि २०२० अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक भोजराज तिमिल्सिना, सहसंयोजक अन्कित कुमार सिंह कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक केशव पौडेल, अतिथि पुर्ब अध्यक्ष आनन्द कर्माचार्य, वसन्त कनोजियालाई खादा ओढायर सम्मान गरिएको थियो । जनसम्पर्क अधिकारी रिया श्रेष्ठले गरेको कार्यक्रम सुरुवात नेपालगन्ज जेसिज बोर्ड पदाधिकारी,सदस्य जुनियर जेसिज गरि २४ जनाले प्रशिक्षण लिएका थिए। अध्यक्ष श्रेष्ठले यस्तो किसिमको तालिममा आगामी दिनमा जोड दिने भन्दै मायाको चिनो प्रशिक्षक प्रमुख अतिथि पौडेललाई प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

JCI News Archive