जेसीआइ बुटवल लेडीको जेसीज सप्ताह २०२०को समुद्घाटन एवं किशोरीहरुलाई आत्मरक्षा तालिम कार्यक्रममा सम्पन्न

2020-10-02

आज मिती २०७७/०६/१५ गते बिहिबार बुटवल लेडी जेसीज वर्ष २०२० को सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।साथै आज सप्ताहको पहिलो दिनमा अनलाइनको माध्यमबाट "किशोरीहरुलाई आत्मरक्षा तालिम " पनि आयोजना गरिएको थियो ।
    बुटवल लेडी जेसीज वर्ष २०२० की अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक प्रतित सिं राठौर ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने जेसीआई का पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ ज्यू को बिशिष्ट आतिथ्यता रहेको थियो ।
      कार्यक्रममा प्रहरीजवान कृष्ण बहादुर लोहार र असई बिमला बि.क. ज्यूको बिशेष प्रशिक्षण रहेको थियो ।
कार्यक्रममा समुद्घाटन एवं किशोरीहरुका लागि आत्मरक्षा तालिम का संयोजक जेसी कमला लम्साल ज्यू को आस्था पाठ, का.का.उपाध्यक्ष जेसी रुपा श्रेष्ठ पाठक ज्यू को मिसन भिजन वाचन एवं सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक जेसी सपना कार्की ज्यू को स्वागत मन्तव्य रहेको थियो ।
    कार्यक्रममा मातृशाखा बुटवल जेसीजकाअध्यक्ष जेसी राजीव गौतम ज्यू एवं नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यू को शुभकामना मन्तव्य रहेको थियो भने, एम्स कलेजका प्राचार्य दिपक ढकाल, नारायणगढ जेसीजका अध्यक्ष जेसी अनोज जोशी ज्यू , शुद्धोधन जेसीजका अध्यक्ष जेसी चुडामणि डुम्रे ज्यू, नेपाल जेसीजका SDG Director सिनेटर आशिष शर्मा ज्यू एवं बुटवल लेडी जेसीजकी निवर्तमान अध्यक्ष जेसी लक्ष्मी थापा ज्यू लगायतको मन्तव्य रहेको थियो ।
      कार्यक्रममा अक्सफोर्ड मा वि की छात्रा गरिमा उपाध्याय र होराइजन माविकी छात्रा स्मारिका न्यौपानेले तालिम अनुभव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम बुटवल लेडी जेसीज बर्ष २०२० की महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यू ले सञ्चालन गर्नुभएको थियो ।
      आजको समुद्घाटन कार्यक्रममा उपस्थित हुनुभएका बुटवल लेडी जेसीजका धरोहर संस्थापक अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरु, राष्ट्रिय पदाधिकारी ज्यूहरु, शाखा अध्यक्ष ज्यू हरु लगायत सम्पूर्ण जेसीज एवं ननजेसीज महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
    धन्यवाद जय जेसीज ????????????????

JCI News Archive