सन्देशमुलक साहित्यिक रचना वाचन कार्यक्रम

2020-10-10

दाङ महिला जेसीजले साप्ताहिक कार्यक्रम-२०२० अन्तर्गत पांचौ दिनको "सन्देशमुलक साहित्यिक रचना वाचन कार्यक्रम " जेसीज सचिवालयमा गरेको छ। दाङ महिला जेसीज वर्ष २०२० को अध्यक्ष जेसी जिबा भुसाल ज्यूको अध्यक्षता, विश्व कीर्तिमान संगीतकार श्री सन्तोष श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता, राप्ती साहित्य परिषद् दाङकाअध्यक्ष एवं वरिष्ठ साहित्यकार श्री कमलमणी देवकोटा ज्यूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यू, पूर्व अध्यक्ष जेसी शुशिला पौडेल ज्यू, निःवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यू, त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्ष जेसी दीपक समीर ज्यू, अधिकारकर्मी शुष्मा गिरी ज्यू,नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राणा, पत्रकारज्यूहरु तथा विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जेसीजको आस्था पाठ जेसी अर्चना शर्माले गर्नुभएको थियो। कार्यक्रम संयोजक जेसी शर्मिला भण्डारी ज्यूको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुल संयोजक जेसी नारायणी भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थितिलाई जेसी अनिता ढकाल ज्यूले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव जेसी संगिता गिरीले गर्नुभएको थियो।
जसमा निम्न व्यक्तिहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो।
१.साहित्यकार सन्ध्या रेग्मी २.साहित्यकार शारदा शर्मा ३.साहित्यकार कमला रिजाल ४.विद्यार्थी प्रतिभा रिजाल ५.गजलकार यम रेग्मी

६.जेसी मंगला राणा

JCI News Archive