रक्तदान कार्यक्रम

2020-11-07

२२ कार्तिक २०७७ । जेसीआई त्रिभुवननगरको आयोजनामा घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  जेसीआई त्रिभुवननगर २०२० का अध्यक्ष जेसी माधेव प्रसाद पौडेलको अध्यक्षता तथा रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख, प्रतिनिधि लगायत सामाजिक व्यक्तत्वहरुको उपस्थितिमा जेसीज सचिवालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड–१९ का कारण विरामी बढेको तर रगतदान गर्नेहरुको संख्यामा प्रत्यक्ष कमी हुन आई उत्पन्न समस्याका कारण रक्त सञ्चार केन्द्र घोराहीको विशेष अनुरोधमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा जिल्लाको २० बढी व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो । रक्तदान गरी जीवनदान सरह पुण्य कार्य गर्नुहेने सम्पूर्णमा जेसीआई त्रिभुवननगरका अध्यक्ष जेसी माधव प्रसाद पौडेलले विशेष धन्यवाद । रक्तदान कार्यक्रमको सहजीकरण बर्ष २०२० का महासचिव जेसी मिनराज भाटले गर्नुभएको थियो ।

JCI News Archive