नेपालगन्ज जेसिज द्वारा पुर्ब अध्यक्षहरुको फोटाे फ्रेम सचिवालयमा राखी सम्मान कार्यक्रम

2020-11-14

नेपालगन्ज जेसिज अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा पुर्ब अध्यक्ष हरूको फोटो फ्रेम सचिवालयमा राख्ने कार्यक्रम नेपालगन्ज जेसिज पुर्ब अध्यक्ष आनन्द बहादुर कर्माचार्य ज्यू बाट सन्स्थापक अध्यक्ष स्व. जेसि दिन दयाल मोहपालको तस्वीर राखी शुभारम्भ गर्नु भयो।
कार्यक्रममा नेपालगन्ज जेसिज जुनियर अध्यक्ष बिमला श्रेष्ठ तथा जुनियर जेसिज परिवार, नेपालगन्ज जेसिज परिवार, पुर्ब अध्यक्ष सुनिल कुमार गुप्ता, मिना श्रेष्ठ, पुर्णलाल चुके, ओम प्रकाश आजादले मन्तव्य राख्नुभयेको थियोे। जेसि रेशमलाल चापागाईंले सन्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष भोजराज तिमिल्सिनाले राख्नु भयेको थियोे भने धन्यवाद मन्तव्य कार्यक्रम सन्योजक हिमान्चल बर्नवालले दिनु भएको थियोे। अध्यक्ष प्रज्वल श्रेष्ठले दिपावली छठको सुभकामना सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।

JCI News Archive