१२औं स्थापना दिवस

2020-12-21

दाङ महिला जेसिजको १२औं स्थापना दिवसको अवसरमा दाङ महिला जेसीजद्वारा जेष्ठ नागरिक सरोकार केन्द्र, तेरौटे दाङमा सहयोग कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा जेष्ठ नागरीक सरोकार केन्द्रमा बस्ने जेष्ठ नागरिकका लागि अति आवश्यक दैनिक उपभोगका सामग्री दाल, आलु, भुजा, बिस्कुट, चिनी, चियापत्ति, पूजासामग्री, न्यानो कपडा टोपी, मोजा आदि सामग्री प्रदान गरिएको थियो। दाङ महिला जेसीज वर्ष २०२० का अध्यक्ष जेसी जिबा भुसालको अध्यक्षता दाङ महिला जेसिजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यूको प्रमुख आतिथ्यता एवं जेष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष श्री भुपाल गिरी ज्यूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी माया पोख्रेल ज्यू, जेसी शुशिला पौडेल ज्यू, जेसी विमला शर्मा ज्यू, जेसी निरजा पोख्रेल ज्यूले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संयोजक जेसी सिन्धु रिजालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा जेसी दिलु मल्लले आस्था पाठ गराउनुभएको थियो। उपस्थित सम्पूर्णलाई कार्यकारिणी उपाध्यक्ष जेसी अनिता ढकालले धन्यवाद व्यक्तगर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि एवं विशिष्ट अतिथिलाई मायाको चिनो संयोजक जेसी सिन्धु रिजालले प्रदान गर्नुभएको थियो भने पूर्व अध्यक्ष ज्यूहरुलाई मायाको चिनो जेसी जिबा भुसाल ज्यूले प्रदान गर्नुभएको थियो।

JCI News Archive