बाह्रकुने दहमा निःशुल्क स्वास्थ्य शिविर

2021-01-14

बाह्रकुने दहमा निःशुल्क स्वास्थ्य शिविर

  • “मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो भन्ने मूल मर्मलाई आत्म साथ गर्दै जेसीआई त्रिभुवननगरको आयोजनामा मिति २०७७ माघ १ गते मकर सक्रान्तिका अवसरमा बाह्रकुने दहमा लाग्ने मेलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । प्रसिद्ध धार्मिक तीर्थ एवं पर्यटकीय स्थल बाह्रकुने दहमा आउने श्रद्धालु भक्तजन तथा अन्तरिक तथा बाह्य पर्यटकहरुको प्राथमिक स्वास्थ्य उपचारका लागि सो आयोजना गरिएको जेसीआई त्रिभुवननगरका अध्यक्ष जेसी मुकेश्वर शर्माले जानकारी दिनुभयो । दाङका विभिन्न स्वास्थ्य संस्था तथा औषधि व्यवसायीहसँगको संयुक्त सहयोगमा सम्पन्न उक्त शिविरमा ४०० बढी सेवाग्राहीहरुले स्वास्थ्य लाभ लिनुभएको थियो । स्वास्थ्य शिविरमा प्रादेशिक अस्पतालकी स्वास्थ्यकर्मी लक्ष्मी ढकाल, रोयल फार्मेसीका सञ्चालक श्याम कुमार गिरीले स्वास्थ्य लाभग्राहीहरुको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्नुभएको थियो । कार्यक्रममा मेला आएका मध्ये १००० बढी भक्तजनहरुलाई निःशुल्क माक्स समेत वितरण गरिएको जेसीआई त्रिभुवननगरका महासचिव जेसी टंक रावत –अनन्त)ले जानकारी दिनुभयो । साथै कार्यक्रम संयोजक जेसी विमल खड्काले स्वास्थ्य शिविरका लागि सहयोग गर्नुहुने स्वास्थ्य सेवा केन्द्र घोराही, १६ नं. स्वास्थ्य सेवा केन्द्र, मास्क सहयोग गर्नुहुने वसन्त रावत, एसियन फर्मास्यूटिकल, मिलिनियम फर्मास्यूटिकल, रोयल फार्मेसी, युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस एवं स्थान उपलब्ध गराइदिने बराह क्षेत्र धार्मिक संरक्षण एवं सम्वद्र्धन समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जेसीआई त्रिभुवननगरका महासचिव जेसी टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।


JCI News Archive