पर्वत जेसीजद्वारा नमुना गाउँ भूकमा बोर्ड स्थापना तथा सहयोग हस्तान्तरण

2019-02-24

पर्बत जेसिज

२०७५।११।११ शनिवार


पर्वत जेसीजद्वारा प्रत्येक पालिकामा एक कार्यक्रम अन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नंं १ भूकदेउराली नमुना गाउँमा पर्यटन प्रवद्र्धनका लागि बोर्ड स्थापनाका साथै होमस्टे प्रवद्र्धनका लागि आमा समुहलाई आवश्यक सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा पर्वत जेसीजद्वारा स्थापित बोर्ड प्रमुख अतिथि मोदी गाउँपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल क्षेत्री र विशिष्ठ अतिथि नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष जेसी अर्जुन प्रसाद चापागाईले संयुक्त रुपमा उद्घाट्न गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले जेसीजका विभिन्न खालका सामाजिक गतिबिधिहरुले ग्रामीण क्षेत्रको आकर्षण बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएकाले सो माध्यमबाट आर्थिक सम्बृद्धिमा सघाउ पु¥याउने बताउनु भएको थियो । त्यसैगरी विशिष्ठ अतिथि चापागाईले जेसीज सधैं समाज उन्नयनमा समर्पित रहँदै युवाहरुलाई सकारात्मक बाटोमा लाग्नका लागि अभिप्रेरित गर्दै आएको जनाउनु भएको थियो ।
पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भूक देउराली नमुना गाउँ सुधार समितिका अध्यक्ष ल्या. रामबहादुर गुरुङ्गले समेत आफ्ना भनाई राख्नु भएको थियो । सो कार्यक्रम वारे प्रकाश पार्दै स्वागत पर्वत जेसीजका पूर्व अध्यक्ष बद्री नारायण पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव रामु शर्माले गर्नु भएको थियो ।

JCI News Archive