Pre Introduction Training

2021-04-03

जेसी आई दाङ लेडीको आयोजनामा पुर्व परिचय तालिम सम्पन्न गरिएको छ। जेसी आई दाङ लेडी का अध्यक्ष जेसी ममता बिष्ट डाँगी को अध्यक्षता मा एवम् प्रमुख अतिथि /प्रशिक्षक नेपाल जेसीजका पुर्व उपाध्यक्ष तथा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी बिना वि.सी. रहनुभएको थियो। प्रशिक्षकहरुमा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी बिन्दु गिरी, जेसी निरजा पोखरेल , दाङ महिला जेसीजका २०२१ का कार्यकारणी उपाध्यक्ष जेसी संगिता गिरी रहनुभएको थियो। कार्यक्रमको शुरुवातमा उपाध्यक्ष जेसी दिलु मल्लको आस्था पाठ, स्वागत मन्तब्य तालिम निर्देशक जेसी सिन्धु रिजाल, त्रिभुवन नगर जेसीजका अध्यक्ष जेसी मुकेश्वर शर्मा, सहभागिता को तर्फ बाट कल कुमारी चुनारले दिनु भएको थियो। कार्यक्रम को सहजीकरण महासचिव जेसी सुनिता थापाले गर्नुभएको थियो।

JCI News Archive