बुटवल जेसीजले शुक्रबार युवा ब्यवशायिहरुलाई लक्षित गरि कार्यक्रम गर्दै

2019-02-28

बुटवल । बुटवल जेसीज वर्ष २०१९ ले युवा ब्यवशायिहरुलाई लक्षित गरि तालिमको आयोजना गरेको छ । ब्यापार ब्यवशाय र उद्योगमा सक्रिय जेसीज सदस्य तथा गैर जेसीज सदस्यहरुमा सकारात्मक सोंचको सन्देश प्रवाह गर्दै थप सफलता प्राप्तिको लागि 'Focus on Success'  नारा दिएर Growing your Business तालिमको आयोजना गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले जानकारी दिनु भयो ।

न्यौपानेले भन्नु भयो- 'हामीले यो भएन त्यो भएन भनेर गुनासो गर्नु भन्दा पनि हाम्रो ब्यवशाय बढिरहेको छ र बढ्छ भन्ने सकारात्मक सोच राखेर चुनौतीको सामना गर्न युवाहरु तयार भए ब्यापार ब्यवशाय विस्तार गर्न सकिन्छ ।' उहाँले तालिमको मुख्य लक्ष्य युवाहरुमा सकारात्मक सोंचको सञ्चार गर्दै अहिलको अवस्थाबाट माथि उठ्न प्रेरणा प्रदान गर्ने रहेको बताउनु भयो ।

ब्यवशायी क्षेत्रमा अघि बढ्दै गर्दा आई पर्ने चुनौतीको कसरी सामना गर्ने, ब्यापार ब्यवशायलाई थप ब्यवस्थित गर्दै फराकिलो बनाउन कसरी काम गर्ने र लेखा प्रणालीमा आएको परिवर्तन के हो ? त्यसलाई कसरी चुस्त राख्ने सन्दर्भमा तालिम केन्द्रित हुने कार्यक्रम संयोजक जेसी बालकृष्ण पाण्डेले जानकारी दिनु भएको छ ।

तालिममा सिए प्रेम भुर्तेल र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सहजिकरण गर्नु हुने छ । तालिममा सैद्धान्तिक,ब्यवहारिक र अन्तरक्रियात्मक सेसनहरु रहने छन् । तालिम बुटवल जेसीजको तालिमहलमा शुक्रबार दिउँस २ : ३० बजे देखि सुरुहुने बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमले जानकारी दिनु भयो ।


JCI News Archive