विपतमा हामी जेसिआई भीरकाेट

2021-05-15

भीरकाेट जेसिजले विपतमा हामी भन्ने अभियान सञ्चालन गरे सगै धेरैकाे उधार गरि सकेकाे छ त्यसै अन्तरगत आज मिति २०७८/०२/०१ गते भीरकाेट जेसीजकाे अध्यक्ष जेसी प्रसुन मगर भीरकाेट नगरपालिका वार्ड नं५ का अध्यक्ष जेसी याम प्रसाद अधिकारी,भीरकाेट जेसीजकाे अध्यक्ष सल्लाहकार जेसी राज कुमार गुरूङ र भीरकाेट जेसीजकाे काेषाध्यक्ष जेसी शिव खनाल लगायत जेसिजका सदस्यले अहिले आफ्नो दिनचर्या कोभिडमा आपत विपत परेका व्यक्तिलाई सहयोग गर्दै कटाएका छ्न । आज पनि एक जना काेभिड बिरामीलाई  भीरकाेट जेसीजद्वारा उद्दार , अर्को काेराेना पाेजेटिभका परिवारहरूलाई माक्स सेनिटाइजर र साबुन वितरण गरेका छन् । भने अग्रपंतीमा रहेर कोभिड विरूद्धको अभियानमा खटिएका प्रहरीलाई पनि केही सेनिटाईजर र माक्स हस्तान्तरण गरेका छ्न । उनिहरु भन्छ्न हामी निरन्तर मानवताकाे सेवामा छाै ।

सबैले  आफुले सक्ने ठाउबाट सहयोग गरौ र आफू पनि बाचौ र अरुलाई पनि बचाउ ।

JCI News Archive