भीरकोट जेसीज द्धारा नि.शुल्क एम्बुलेन्स सुरु मिति २०७८।०१।२२ गते देखि

2021-05-22

  माहामारी नियन्त्रणका लागि भिरकोट नगरपालिकामा भीरकोट जेसीजले सन्चालन गरेको विपतमा हामी अभियान साँच्चै उदाहारणीय वन्दै आइरहेको छ । १८ वर्ष देखि ४० वर्ष सम्मका यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित जेसीजले विभिन्न समयममा आइपर्ने विपतका वेला समुदायको सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।कोरोना महामारीको सुरुवातीमा राहत, उद्दार र सचेतना जस्ता कार्यक्रम सन्चालन गर्दै समुदायमा उत्कृष्ट कार्य गरेको भीरकोट जेसीजले यस वर्ष नयाँ भेरियण्ट सहितको कोरोना माहामारी नियन्त्रण र व्यवस्थापनमा युवाहरुको क्रियाशिलता पनि उत्तिकै प्रभावकारी वनेको छ ।कोरोना संक्रमणको दर उच्च छ विरामीहरु गाँउमै उपचार नपाएर वा अस्पतालको सेवा नपाएर दुस्ख पाउन नपरोस साथै जेसीजले स्थानीय सरकारले संक्रमण नियन्त्रणका लागि गरेको निर्णयलाई कार्यन्वयनका लागि सहयोगी भूमिका निर्वाह गर्न र दुस्खमा परेका जो कोहीलाई राहत र उद्दारका लागि जेसीजले अभियान सन्चालन गरेको छ ।भीरकोट जेसीजले अभियान अन्तरर्गत नगरपालिकामा जनचेतनाका लागि माक्स तथा सेनीटाइजरको प्रयोग, सामाजिक दुरी कायम, अत्यावश्यक वाहेक घर वाहिर ननिस्कन आग्रह गर्दे घर घरमा पोस्टर तथा पर्चा वाड्दै हिडेको छ । भने विपतको जुनसुकै अवस्थामा जेसीजलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । विरामीलाई अस्पताल सम्म पुर्‍याउन भीरकोट जेसीज द्धारा नि.शुल्क एम्बुलेन्स मिति २०७८ बैशाख २२ गते देखि सुरु गरेको छ ।।मिति २०७८ जेठ ८ गते सम्म ३८ जना कोभिड बिमारी र ७ जना अन्य बिमारीहरुलाई उधार गरेको जानकारी पनि गराउदछौं र हाम्रो अभियान निरन्तर जारी रहेको कुरा पनि जानकारी गराउदछौं ।

JCI News Archive