युवा व्यवशायिलाई बुटवल जेसीजको तालिम

2019-03-03

बुटवल । बुटवल जेसीजले युवा ब्यवसायिलाई लक्षित गरी आयोजना गरेको तालिम सम्पन्न गरेको छ । बुटवल जेसीजको तालिम हलमा सम्पन्न भएको तालिममा चार्टड एकाउण्टेन प्रेम भुर्तेल र बुटव उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । तालिममा आयकर तथा मुल्य अभिवृिद्ध करमा आएको परिवर्तन र ब्यवशायिक क्षेत्रका अवसरहरुको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

अन्तरक्रियात्म रुपमा सम्पन्न भएको तालिम उपलब्धी मुलक रहेको सहभागिहरुले बताएका छन् । तालिममा विभिन्न पेशा ब्यवसायमा सहभागि ३५ जना भन्दा बढि युवाको सहभागिता रहेको थियो । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले ब्यवसायलाई ब्यवस्थित र विस्तार गर्न लेखा प्रणालि महत्वपुर्ण हुने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो ।

 प्राविधिक कुराको जानकारी संगै युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न तालिम सफल भएको न्यौपानेको भनाई छ । उहाँले आफ्नो कार्यकालमा युवाहरुलाई उद्यमशिलतामा प्रेरित गर्न आगामि दिनमा समेत यस्ता कार्यक्रम आयोजन गर्ने बताउनु भएको छ । न्यौपानेको अध्यक्षता, महासचिव राजिव गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार मथुरा पिया,संयोजक बालकृष्ण् पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो ।

JCI News Archive