Self defence training for girls

2019-03-08

तरहरा जेसिजले १०९औँ श्रमीक महिला दिवसको अवसरमा एकदिने आत्मरक्षात्मक तालिम सम्पन्न गरेको छ। अहिलेको परिस्थितीमा महिलाहरु माथी हुने गरेको महिला हिंसा, यौन हिंसा तथा बलात्कार जस्ता घटनाहरुलाई केही हद सम्म न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो। वर्ष २०१९का अध्यक्ष जेसी बिकाश गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी श्यामसुन्दर पौडेल र विशिष्ट अतिथीको रुपमा मातृ शाखा इटहरी जेसिजका संस्थापक अध्यक्ष तथा प्याराडाईज सेकेण्डरी इङलिस स्कुलका प्रधानाध्यापक जेसी दिलकुमार बन हुनुहुन्थ्यो। तरहरा जेसिजका कार्यकारीणी उपाध्यक्ष जेसी मिलन गुरुङ कार्यक्रम निर्देशक रहेको उक्त कार्यक्रमको संयोजन तालिम संयोजक जेसी सन्तोष कटुवालले गर्नु भएको थियो।उक्त कार्यक्रम दिगो बिकास लक्ष्य अन्तरगत लैङ्िगक समनताको लागि गरिएको थियो। तरहरा स्थित ३ सामुदायिक तथा १६ निजी बिद्यालयबाट करीब ४०० जना छात्राहरु सहभागी रहेको उक्त कार्यक्रमको प्रशिक्षक बिराटनगर जेसिजबाट सन्तोष आचार्य र महेश यादब हुनुहुन्थ्यो।

JCI News Archive