JCI Kathmandu Golden Jubilee Monthly Program Posted on 27-02-2019

काठमाडौ १५ फागुन । काठमाडौ जेसिसले ललितपुरको कुसुन्तीमा रहेको नेपाल स्नेही काखका बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौ जेसीसले आफनो स्थापनाकालको ५० बर्ष प्रवेश गरेको अवसरमा नेपाल स्नेही काखका बालबालिकाहरुलाई नगद सहयोग तथा फलफुल प्रदान गरेको हो । काठमाडौ जेसीसका महासचिव जेसी अनुप सुनुवारका अनुसार जेसिसको टोली नेपाल स्नेही काखमा पुगेर त्यहाका बालबालिकाहरुलाई नगद ६ हजार पाँच सय नगद सहित फलफुल सहयोग हस्तान्तरण गरिएको बताएका छन । काठमाडौ जेसिसका अध्यक्ष जेसी भुवन कुमार श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष जेसी इनु थापा, महाचिव जेसी अनुप सुनुवार, उपाध्यक्ष जेसी कैलाश श्रेष्ठ, कोषाध्यक्ष जेसी एन्जिला थापा, उपाध्यक्ष जेसी करुणा थापा, उपाध्यक्ष जेसी हरिहर खडका, कानुनी सल्लाहकार मुकुन्द दाहाल, विशिष्ट सदस्य जेसी राज्यलक्ष्मी श्रेष्ठ लगायतको टोली नेपाल स्नेही काखमा पुगेर आर्थिक सहयोग प्रदान गरेका हुन । स्नेहा पोखरेलले ललितपुरको कुसुन्तीमानेपाल स्नेही काख संस्था सञ्चालन गरेकी छन । उक्त नेपाल स्नेहा काखले विभिन्न कारण सुष्त मनस्थिति भएका तथा साइकोलोजिक्लली इफेक्ट परेका महिलालाई उद्धार तथा उनीहरुबाट जन्मेका बालबालिकाहरुलाई खान बस्न तथा शिक्षा दिक्षा दिदै आएको छ । तिनै बालबालिकाहरुको पालन पोषण र शिक्षामा सहयो पुराउने उद्देश्य स्वरुप काठमाडौ जेसीसले आर्थिक सहयोग प्रदान गरेको हो । यो बर्ष जेसिसले ५० बर्ष पुरा गरेको छ । सो अवसरमा यो बर्ष भरी महिनै पिच्छे विभिन्न बालआश्रम तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्ने लक्ष्य सहित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौ जेसीसका अध्यक्ष जेसी भुवन कुमार श्रेष्ठले बताउनु भयो ।


Whoops, looks like something went wrong.