मिति २०७५ असार ३ गते आइतबार तदनुसार २०१८ जुन १७ तारिखका दिन काभ्रे जेसीज र काभ्रे महिला जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज अन्तर्गतको तेस्रो कार्यक्रम काभ्रे जिल्ला व्यापी मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । काभ्रे जेसीजका अध्यक्ष जेसी उमेश मानन्धरले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य काभ्रे महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी बुद्धलक्ष्मी मानन्धरले राख्नुभएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट ३५ जना विद्यार्थीहरुले सहभागिता जनाई ‘Yes ! We Shine By Rising Responsibility’ भन्ने मुख्य शीर्षकमा आआफ्नो विचारहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा निर्णायकको रुपमा काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्टिय उपाध्यक्ष जेसी प्रकाश कायस्थ, भकुण्डेबेसी जेसीजका अध्यक्ष जेसी रुकमणी सिग्देल रहेका थिए । प्रतियोगितामा बनेपास्थित विद्यासागर इड्डलिस बोर्डिड्ड स्कुलकी विद्यार्थी सुस्मिता चौलागाईं प्रथम, बाल निकेटन मा.वि. का मनिषा थापा द्धितीय, काभ्रे मा.वि.की प्रशुना दाहाल र सान्त्वनामा चैतन्य मा.वि.की सम्झना रसाइली हुन सफल भएका थिए । काभ्रे महिला जेसीज महासचिव जेसी भगवती श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी कृष्णकुमार मानन्धरले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । सभापति जेसी उमेश मानन्धरले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गर्नुभएको थियो