वीरता जेसीजद्वारा झापा कारागारमा ५५ हजारको सहयोग प्रदान Posted on 15-02-2021

जिल्ला कारागार झापामा वीरता जेसीजले सोमबार ब्ल्याङ्केट, लत्ताकपडा र सेनेटरी प्याड प्रदान गरेको छ । भद्रपुर कारागारमा वीरता जेसीजले ५५ हजार मुल्यबराबरको सामग्री वितरण गरेको महासचिव लोक चन्द्र श्रेष्ठले जानकारी दिए । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यत्रलममा प्रमुख अतिथि भद्रपुर कारागारका प्रमुख राजेन्द्रकुमार गौतम रहेका थिए । नेपाल जेसिज पूर्व उपाध्यक्ष राजेन्द्र चौलागाईं, वीरता जेसिज पूर्व अध्यक्ष हेम खड्का , कारागार सुरक्षा प्रमुख भुवन कार्की , आन्तरिक प्रशासन प्रमुख (महिला) कसम गहतराज (पुरुष) मोहन धितालको आतिथ्यता रहेको कार्यक्रमको संयोजक वीरता जेसीजका खेलकुद संयोजक दिपेन धिमालले गरेका थिए । आस्था वाचन आशिम ज्वयल श्रेष्ठ र दिपेन धिमालले स्वागत गरेको कार्यक्रममा अन्तर शाखा संयोजक जीवन खड्काले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचीव लोकचन्द्र श्रेष्ठले गरेका थिए ।


Whoops, looks like something went wrong.