जुत्ता मोजा पाएर बालबालिका दङ्ग Posted on 20-02-2021

झापा अर्जुनधारा –९ आनन्दनगरस्थित वालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गरिएको छ । वीरता जेसीजका कानुनी सल्लाहकार प्रविन खड्काको अध्यक्षता तथा विद्यालयकी प्रधानाध्यापक पूजा भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कुशल खतिवडाले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक भारती र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र गिरीले शैक्षिक सामग्री समेत किन्न नसकेर पढाई विचमै छोड्न वाध्य हुने अवस्थामा पुगेका विद्यार्थीलाई खतिवडाले गरेको सहयोग बरदान सावित भएको बताए । त्यस्तै वीरता जेसीजका वातावरण तथा सरसफाई संयोजकमा प्रज्ज्वल विमलीले उक्त विद्यालयका आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने कनकाई कापी उद्योगका सञ्चालक योगेश खतिवडाले समेत बिद्यालयमा सहयोग गर्ने बताए । कार्यक्रममा वीरता जेसीजका संयुक्त सचिव टीकाराम खतिवडाले आस्थावाचन , खेल संयोजक दिपेन धिमालले जेसीआई मिसन भिजन वाचन र प्रकरण निर्देशक कमल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी ) ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।


Whoops, looks like something went wrong.