वीरता जेसीजद्वारा मेची-महाकाली साइकल यात्री लाई बिदाइ Posted on 04-03-2021

वीरता जेसीजले "बलात्कार मुक्त समाज को परिकल्पना,शान्ती सुशासन र समृद्ध नेपाल हाम्रो चाहना" नाराका साथ पुर्व मेची बाट सुरु भएको साइकल यात्री अभिषेक धमला र आकाश घिमिरे लाई एक कार्यक्रम का बिच बिदाई गरिएको छ। वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सिनेटर विनोद वस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका प्रकरण निर्देशक कमल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा मेची–महाकाली साइकल यात्री अभिषेक धमला झापाली कान्छा र आकाश क्षेत्रीलाई वीरता जेसीजको लोगो अंकित टी–सर्टसहित सम्मान गर्दै यात्रा सफलताको कामना गरिएको थियो । वीरता जेसीजका मनोरञ्जन संयोजक आसिमज्वयल श्रेष्ठले आस्था बाचन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष विकास वस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको थिए ।


Whoops, looks like something went wrong.