वीरता जेसीजद्वारा निःशुल्क आँखा शिविर Posted on 06-03-2021

वीरता जेसीजको आयोजनामा सूर्योदय नगरपालिका –१४ लक्ष्मीपूरस्थित वुद्ध माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा वडाध्यक्ष नरबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काले स्वागत गरेका थिए विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय ३० जनाले आँखा परिक्षण गराएका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । सोही कार्यक्रममा एड्भान्स प्याथोलोजी बिर्तामोडको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत् विद्यार्थीको रक्त समूह परिक्षण समेत गरिएको थियो ।


Whoops, looks like something went wrong.