वीरता जेसीजद्वारा अग्नि नियन्त्रण तालिम Posted on 05-04-2021

वीरता जेसीजको आयोजनामा बिर्तामोडमा अग्नि नियन्त्रण तालिम सम्पन्न भएको छ । आगलागीका घटना हुनेबित्तिकै तत्काल दमकल पुग्न नसक्ने र दमकल पुग्नुभन्दा अघि स्थानीयस्तरमा नै आगलागी नियन्त्रण गरी ठूलो क्षति हुनबाट जोगाउन सक्षम बनाउने उद्देश्यले अग्नि नियन्त्रण तालिम आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए । सशस्त्र प्रहरी गण २ नम्बर गण भद्रपुर झापाको प्राविधिक सहयोगमा बिर्तामोडस्थित टावर टेम्पल स्कूलमा भएको तालिममा टावर टेम्पल स्कूलका विद्यार्थी , अभिभावक , वीरता जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमम सहभागीलाई सशस्त्र प्रहरी गण २ नम्बर गण भद्रपुर झापाका प्रहरी निरिक्षक रवीन ढुंगेलले ग्यास, पेट्रोलियम पदार्थ, भौतिक संरचना एवम् विभिन्न प्रकारका केमिकलहरुमा लाग्ने आगो नियन्त्रण र उद्धारका कार्य कसरी गर्ने भन्नेबारेमा तालिम प्रदान गरेका थिए । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा सशस्त्र प्रहरी गण २ नम्बर गण भद्रपुर झापाका प्रहरी नायव उपरिक्षक प्रेम आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका प्रकरण निर्देशक तथा कार्यक्रम संयोजक कमल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाले आगलागी हुँदा दमकल एवम् सुरक्षाकर्मी भन्नेबित्तिकै पुग्ने अवस्था नरहने अवस्थामा स्थानीयस्तरमा तालिम प्राप्त युवाले अग्नि नियन्त्रण एवम् उद्धारका कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । वीरता जेसीजका खेल संयोजक दिपेन धिमालले आस्था वाचन गरेको कार्यक्रममा टावर टेम्पल स्कूलका प्रिन्सिपल तेजप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी ) ले गरेको थिए ।


Whoops, looks like something went wrong.