नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित भएका छन् । भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा शनिवार आयोजित कार्यक्रमकाबीच सम्मान गरेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मान पत्र प्रदान गरेका थिए। उत्कृष्ट नागरिक घोषणा भएसंगै पत्रकार भण्डारीलाई झापाका विभिन्न १ सय ३१ वटा, संघ संस्थाले सामुहिक अभिनन्दन गर्दै सम्मान गरेका थिए । वीरता जेसीज पुर्व अध्यक्ष (२००७) जेसी याम कुमार खड्का को सभापतित्व,अध्यक्ष राजिब धिमालको स्वागत, महासचिव एल सि श्रेष्ठ आस्था वाचन, लेडि अध्यक्ष स्वस्तिका को मिसन भिजन वाचन मा कार्यक्रम संचालन पुर्व अध्यक्ष जेसी बिशाल थापाले गर्नु भएको थियो । वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कष्ठ नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको छ ।