आजमिति २०७८/१/६गते सोमवारका दिन वीरता जेसीजको आयोजनामा शहिद राजन गिरीको स्मृतिदिवसको अवसरमा शहिदका माता पिता र परिवारलाई सम्मान कार्यक्रम सहिद राजन गिरि प्रतिस्ठान मा सम्पन्न भएको छ। वीरता जेसीजका अध्यक्ष जेसी राजिव धिमालको अध्यक्षता , वीरता जेसीज पुर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडका सभापती जसेज शिवाकोटीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संविधान सभा सभासद सुधिर कुमार शिवाकोटी , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी ,सहिद राजन गिरि प्रतिस्ठान अध्यक्ष लिला बहादुर कट्वाल लगायतको आतिथ्यता कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा आर्थिक बिपन्न ५ परिवारलाई खाधान्न बितरण गरिएको र सहिद राजन गिरिको शालीकमा माल्यअर्पण गरी सहिदका माता पितालाई सम्मान पत्र द्वारा सम्मान गरीएको थियो । जेसि जीवन खड्काले सम्मान पत्र वाचन गर्नुभएको कार्यक्रमको सम्योजक तथा स्वागत जेसी कुशल खतिवडा जेसीज आस्था वाचन कोषाध्यक्ष जेसी दिवाकर प्रसाईले गरेकोमा थिए भने कार्यक्रमको संचालन महासचिव जेसी लोकचन्द्र श्रेष्ठले गरेको जानकारी कार्यालय सचिव जेसी संजय राजवंशीले दिए ।